मधेसमा पनि मनसुनी वायुको प्रभाव पर्दै : भोलि पानी पर्ने सम्भावना
मधेसमा पनि मनसुनी वायुको प्रभाव पर्दै : भोलि पानी पर्ने सम्भावना

भोलि केही ठाउँमा हल्कादेखि मध्यम तथा एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

स्टुडियाे डेस्क

  • १९ श्रावण २०८०, शुक्रबार प्रकाशित
  • फाइल तस्बिर

    यसपालिको मनसुनमा अहिलेसम्म मधेस प्रदेशका धेरै ठाउँमा पानी परेको छैन । यसले गर्दा तराई मधेसका जिल्लामा सुक्खा छ ।

    पहाडी क्षेत्रमा लगातारजसो हल्कादेखि मध्यम वर्षा भइरहे पनि मनसुनी प्रणाली सक्रिय नहुँदा तराई मधेसमा खासै पानी पर्न सकेको छैन । तर भोलि शनिवार भने तराई/मधेसमा पनि पानी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । उहाँका अनुसार तराई/मधेसका जिल्लामा बिस्तारै मनसुनी प्रणालीको प्रभाव पर्न थालेको छ । भोलि केही ठाउँमा हल्कादेखि मध्यम तथा एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

    पहाडी जिल्लाका केही ठाउँमा भने आज शुक्रवार पनि ठूलो वर्षाको सम्भावना छ । आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले बताएका छन् । नेपालमा गएको जेठ ३१ गते मनसुन भित्रिएको थियो ।

    सम्बन्धित
    Home TV Menu Trend Recent

    ताजा समाचार

    धेरै पढिएको

    Play