घटस्थापनाका कारण विश्वकपमा भारत–पाकिस्तानबीचकाे खेल एक दिन पहिले हुने
घटस्थापनाका कारण विश्वकपमा भारत–पाकिस्तानबीचकाे खेल एक दिन पहिले हुने

भारत र पाकिस्तानबीचको खेल तालिका परिवर्तनले पाकिस्तानको यसअघि श्रीलङ्कासँगको खेल पनि प्रभावित हुनेछ ।

स्टुडियाे डेस्क

  • १७ श्रावण २०८०, बुधबार प्रकाशित
  • आईसीसी क्रिकेट विश्वकप २०२३ मा भारत र पाकिस्तानबीचको खेल एक दिन पहिले हुने भएको छ ।

    समाचार एजेन्सी एएनआईले ईएसपीएन क्रिकइन्फोलाई उद्धृत गर्दै भनेको छ– अब यो खेल अक्टोबर १५ को सट्टा अक्टोबर १४ तारिकमा हुनेछ । अक्टोबर १५ नवरात्रिको पहिलो दिन (घटस्थापना) हो । त्यसैले सुरक्षा निकायको सल्लाहमा भारत–पाकिस्तान खेलको मिति परिवर्तन गर्न दुवै देश सहमत भएका हुन् ।

    आईसीसीले परिमार्जित तालिका सार्वजनिक नगरे पनि पाकिस्तान क्रिकेट बोर्ड यो परिवर्तन गर्न सहमत भएको खबरमा उल्लेख छ । यो खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

    भारत र पाकिस्तानबीचको खेल तालिका परिवर्तनले पाकिस्तानको यसअघि श्रीलङ्कासँगको खेल पनि प्रभावित हुनेछ । यो खेल पहिले नै तय गरिएको हैदराबाद स्टेडियममा हुनेछ तर अक्टोबर १२ को सट्टा अब अक्टोबर १० मा गर्ने तयारी भएको छ ।

    सम्बन्धित
    Home TV Menu Trend Recent

    ताजा समाचार

    धेरै पढिएको

    Play