चीनमा प्रतिबन्धको रिपोर्टपछि एप्पललाई ठुलो झट्का, २ सय बिलियन डलरले मूल्यमा गिरावट
चीनमा प्रतिबन्धको रिपोर्टपछि एप्पललाई ठुलो झट्का, २ सय बिलियन डलरले मूल्यमा गिरावट

स्टुडियाे डेस्क

  • २३ भाद्र २०८०, शनिबार प्रकाशित
  • चिनियाँ सरकारी कर्मचारीलाई आईफोन प्रयोगमा प्रतिबन्ध लगाउने रिपोर्ट सार्वजनिक भएपछि एप्पलको सेयरमा लगातार दोस्रो दिन गिरावट देखिएको छ । पछिल्ला दुई दिनमा कम्पनीको बजार मूल्य ६ प्रतिशतभन्दा बढी अर्थात् २ खर्ब डलर ९२०० बिलियन डलर० ले घटेको हो । चीन एप्पलको तेस्रो ठुलो बजार हो । गत वर्ष कूल आम्दानीको १८ प्रतिशत हिस्सा चीनले ओगटेको थियो ।

    त्यस्तै, चीनमा नै फक्सकनबाट एप्पलका धेरै उत्पादनहरू निर्माण गरिन्छन् । बुधबार वाल स्ट्रिटमा प्रकाशित रिपोर्टमा बेइजिङले केन्द्रीय सरकारी एजेन्सीका अधिकारीहरूलाई काममा आईफोन प्रयोग नगर्न निर्देशन जारी गरेको उल्लेख गरिएको थियो । त्यसको भोलिपल्ट ब्लुम्बर्गले यो प्रतिबन्ध राज्यद्वारा सञ्चालित कम्पनी र एजेन्सीका कर्मचारीमा पनि लागू हुने बताएको थियो ।

    १२ सेप्टेम्बरमा आईफोन १५ लञ्च हुनअघि यी रिपोर्टहरू प्रकाशित भएका हुन् । चिनियाँ सरकारले यस विषयमा आधिकारिक प्रतिक्रिया दिएको छैन । २८ खर्ब डलर (२.८ ट्रिलियन डलर) सहित एप्पल विश्वकै सबैभन्दा धेरै बजार मूल्य भएको कम्पनी हो । मूल्यमा गिरावटबारे प्रतिक्रिया माग गर्दा कम्पनीले तत्कालै कुनै जवाफ नदिएको बीबीसीले जनाएको छ ।

    सम्बन्धित
    Home TV Menu Trend Recent

    ताजा समाचार

    धेरै पढिएको

    Play