एकजना यात्रुलाई पखाला चलेपछि जहाजको आकस्मिक अवतरण !
एकजना यात्रुलाई पखाला चलेपछि जहाजको आकस्मिक अवतरण !

स्टुडियाे डेस्क

  • २३ भाद्र २०८०, शनिबार प्रकाशित
  • कुनै एकजना यात्रुलाई झाडापखाला लाग्न थालेसँगै अमेरिकामा एउटा जहाजलाई आकाशबाटै फर्काएर आकस्मिक अवतरण गरिएको छ ।

    अमेरिकाबाट स्पेनका लागि उडेको डेल्टा एयरलाइन्सको उक्त जहाजका एकजना यात्रुलाई पखाला चलेपछि पाइलटले जहाजलाई युटर्न गराएका थिए । गत शुक्रबार राति अमेरिकाको एटलान्टाबाट स्पेनको बार्सिलोनाका लागि उडान भरेको उक्त जहाज उडेको दुई घण्टापछि एक यात्रुलाई चरम रुपमा पखाला लागेसँगै पाइलटले सो जहाजलाई एटलान्टा विमानस्थलमै फिर्ता ल्याएर अवतरण गराएका थिए ।

    उक्त जहाजका पाइलट तथा विमानस्थलका एटिसीबीच भएको कुराकानीको एक अंश ट्वीटरमा शेयर गरिएको छ । उक्त कुराकानी अनुसार जहाजमा कुनै प्राविधिक समस्या भएर नभई एक यात्रुको स्वास्थ्य समस्याका कारण जहाज युटर्न गरिएको थियो । पाइलटले उक्त आपतकालीन अवस्थालाई बायो हजार्डको विषय भएको बताएका छन् । पाइलटले भनेका छन्, ‘हामीसँग एकजना यात्रु थिए जसलाई जहाजमै पखाला चल्यो । त्यसैले उनले हामीलाई एटलान्टामै फिर्ता छाड्नका लागि अनुरोध गरे ।’

    रिपोर्ट अनुसार अन्य सबै यात्रु तथा चालक दलका सदस्यहरुलाई दोस्रो उडानमा स्थानान्तरण गरियो । विमान फर्किएसँगै त्यसको पूर्ण सरसफाइँ गरिएको थियो । सबै बन्दोवस्त मिलाएर उक्त जहाज पुनः उडाउनका लागि ८ घण्टाको समय लागेको थियो ।

    सम्बन्धित
    Home TV Menu Trend Recent

    ताजा समाचार

    धेरै पढिएको

    Play