के हो ‘बर्निङ म्यान फेस्टिबल’ ? जहाँ ७० हजार मानिस हिलोमा फसे
के हो ‘बर्निङ म्यान फेस्टिबल’ ? जहाँ ७० हजार मानिस हिलोमा फसे

स्टुडियाे डेस्क

  • २२ भाद्र २०८०, शुक्रबार प्रकाशित
  • अमेरिकाको नेवादामा हालै ‘बर्निङ म्यान फेस्टिबल’ आयोजना गरियो । उक्त सांस्कृतिक पर्वको खुसीयाली मनाउनका लागि करीब ७० हजार मानिस सहभागी भए । तर ती सबै मानिस मेलास्थलमै हिलोमा फसे ।

    नेवादाको दक्षिणी भेगमा अवस्थित मरुभूमि क्षेत्रमा उक्त फेस्टिबलको आयोजना गरिएको गरियो । तर त्यहाँ जे कुराको कल्पनै गरिएको थिएन, त्यही नै हुनपुग्यो ।

    उक्त पर्वको दिनमा २४ घण्टाभित्रै त्यहाँ घनघोर पानी पर्यो । दुई/तीन दिनमा पर्ने परिमाणको पानी एक दिनमै परेपछि मरुभूमिको बालुवा दबदबे हिलोमा परिणत भयो । अनि उपस्थित हजारौँ मानिसहरु त्यही हिलोमा फसे । उनीहरु हिलोमा यसरी गाडिए कि त्यहाँबाट हिँडेर अन्त जान पनि सकेनन् ।

    रेनोबाट ११० माइल उत्तरमा अवस्थित ब्लाक रक मरुभूमिमा आयोजित उक्त पर्वमा कलाकार, संगीतकार तथा अभियानकर्मीहरुले जंगल क्याम्पिङका साथै विभिन्न खालका प्रस्तुती दिने गर्दछन् । तर विभिन्न सेलिब्रेटी, प्रभावशाली व्यक्ति तथा अर्बपतिहरु समेत सहभागी हुने उक्त पर्वलाई वर्षाले यस्तो गरी बिथोल्यो कि त्यहाँ जडान गरिएका शौचालयहरुले पनि राम्रो ढंगले काम गरिरहेका थिएनन् ।

    हिलो आतंकका कारण मानिसहरुबीच त्रास फैलियो । त्यहाँ एकजनाको मृत्यु समेत भएपछि आयोजकहरुले उक्त फेस्टिवल नै बन्द गरिदिए ।

    यसअघि सन् २०१८ मा पनि यो फेस्टिबल बिथोलिएको थियो । त्यसबेला धुलोयुक्त आँधीका कारण फेस्टिबल स्थगित गरिएको थियो भने कोरोना महामारीका बेला पनि दुई पटक कार्यक्रम रद्द भएको थियो ।

    गत शुक्रबार त्यहाँ परेको १.३ सेन्टिमिटर भन्दा धेरै वर्षाका कारण त्यहाँ गाडी चलाउन पनि असुरक्षित रहेको अमेरिकाको भू–व्यवस्थापन ब्यूरोले जनाएको छ । त्यहाँ थप पानी पर्ने सम्भावना रहेकाले मानिसहरुलाई खाना र पानी बँचाएर राख्न भनिएको छ ।

    सम्बन्धित
    Home TV Menu Trend Recent

    ताजा समाचार

    धेरै पढिएको

    Play