यसै महिना भेट्दैछन् किम र पुटिन, कस्तो होला सहकार्य ?
यसै महिना भेट्दैछन् किम र पुटिन, कस्तो होला सहकार्य ?

स्टुडियाे डेस्क

  • २० भाद्र २०८०, बुधबार प्रकाशित
  • रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ्ग उनले भेटवार्ताको तयारी गरेका छन् । उनीहरुबीच यसै महिना भेटवार्ताको तयारी भएको हो । अमेरिकासँग पृथक रुपमा मुठभेडमा रहेका यी दुई मुलुकका नेताले आपसी सहकार्यका लागि वार्ता अघि बढाउने भएका हुन् ।

    भेटमा उत्तरकोरियाले खाद्यान्न तथा ऊर्जाबारे सहकार्यको प्रस्ताव राख्ने तयारी गरेको छ भने रुसले उत्तर कोरियासँग हतियार खरिदको तयारी गरेको छ । खाद्यान्नको बदलामा उत्तरकोरियाले अत्याधुनिक हतियार रुसलाई उपलब्ध गराउन सक्ने बताइएको छ ।

    दुई नेताबीचको भेट मस्कोमै हुनेछ । सन् २०२० यता किम जोन उन पहिलोपटक विदेश जान लागेका हुन् । सन् २०१९ मा पुटिन र किमबीच भेट भएको थियो ।

    सम्बन्धित
    Home TV Menu Trend Recent

    ताजा समाचार

    धेरै पढिएको

    Play