नेपाल र भारतका कलाकर्मी सहभागी काठमाडौं कलिङ साहित्य महोत्सव सुरु
नेपाल र भारतका कलाकर्मी सहभागी काठमाडौं कलिङ साहित्य महोत्सव सुरु

स्टुडियाे डेस्क

  • १६ भाद्र २०८०, शनिबार प्रकाशित
  • कलाकर्मीको व्यापक सहभागितासहित काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो संस्करण काठमाडौंमा सुरु भएको छ । तीन दिनसम्म होटल हिमालयमा चल्ने महोत्सवको शुक्रबार परराष्ट्रमन्त्री एनपी साउदले उद्घाटन गरे ।

    महोत्सवमा उपस्थित दक्षिण एसियाका लेखक, साहित्यकार तथा कलाप्रेमीलाई परराष्ट्रमन्त्री साउदले स्वागत गरे । महोत्सवले नेपालको सभ्यता, ज्ञान र संस्कृतिलाई विश्वभर फैलाउन मद्दत गर्ने उनले बताए ।

    महोत्सवको सफलताको शुभकामना दिंदै उनले महोत्सवलाई सांस्कृतिक अनुभव आदानप्रदान गर्ने मञ्चको रुपमा व्याख्या गरे । महोत्सव संस्थापक निर्देशक रश्मी रञ्जन परिदाले भारत र नेपालबीचको सांस्कृतिक आदनप्रदान कुन समयदेखि सुरु भयो भन्ने छुट्याउनै गाह्रो हुने र यो यात्रा निरन्तर चलिरहेको बताए ।

    संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले महोत्सवले साहित्यलाई धेरै स्थान दिने गरेको तर नाटकलाई भने सोही अनुरुप महत्व नदिने धारणा राखिन् । आगामी श्रृंखलामा नाटक र संगीतलाई पनि महोत्सवमा समेट्न सुझाव दिइन् ।

    प्राध्यापक माधवप्रसाद पोखरेलले कलिङ क्षेत्र र काठमाडौं प्राग ऐतिहासिक कालदेखि नै जोडिएको र यही भूमिले स्रमाट अशोकलाई बुद्ध धर्म अर्थात् ज्ञान र शब्दतर्फ डोर्‍याएको बताए । महोत्सव दुई देश जोड्ने मञ्चका रुपमा स्थापित हुँदै गएको महोत्सवकी नेपाल निर्देशक रन्जना निरौला, प्रोफेसर अवधेश प्रधान, डेब्रोयलगायतका वक्ताले बताए ।

    सम्बन्धित
    Home TV Menu Trend Recent

    ताजा समाचार

    धेरै पढिएको

    Play