‘भष्मे डन’ को गीत : ‘दुई चुल्ठी बाटन’ भन्दै आँचलको पछि विपिन र निश्चल

  • १६ भाद्र २०८०, शनिबार प्रकाशित

  • स्टुडियाे डेस्क

  • अगामी दशैँमा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘दुई चुल्ठी बाटन’ बोलको गीत जनै पूर्णिमाको अवसर पारेर सार्वजनिक गरिएको हो ।

    गीतमा विपिन कार्की, आँचल शर्मा र निश्चल खड्का देखिएका छन् । आँचल र निश्चल फिल्मको यहि गीतमा मात्र देखिने हुन् भने विपिन फिल्मका मुख्य कलाकार हुन् । गीतमा बी पाण्डेको शब्द, सुवास भुषालको संगीत र मेलिना राई र निशान भट्टराईको स्वर छ ।

    निरज कँडेलको छायांकन, प्रविन सिंहको कोरियोग्राफी गीतमा छ । ‘पशुपति प्रसाद’ को सिक्वेलको रुपमा निर्माण भएको यो फिल्म पशुपति प्रसादको मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’ को जीवनमा आधारित छ ।

    Home TV Menu Trend Recent

    ताजा समाचार

    धेरै पढिएको

    Play