एकल सांगीतिक साँझमा सुनिए नारायण रायमाझी
एकल सांगीतिक साँझमा सुनिए नारायण रायमाझी

स्टुडियाे डेस्क

  • १६ भाद्र २०८०, शनिबार प्रकाशित
  • संगीतकार तथा गायक नारायण रायमाझीले पहिलोपटक एकल प्रस्तुति दिएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आयोजनामा शुक्रबार प्रज्ञा प्रतिष्ठानमा ‘नारायण रायमाझी सांगीतिक साँझ २०८०’ सम्पन्न भयो ।

    जहाँ उनले आफ्ना हिट र कालजयी गीत प्रस्तुत गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यता रहेको समारोहमा रायमाझीलाई सुन्न संगीत र चलचित्रका ठूला हस्तीहरु प्रेक्षालयमा उपस्थित थिए ।

    एकल साँझमा रायमाझीले आफ्ना चर्चित गीतहरु सम्झी रेलिमै, फुलबुट्टे चोलीमा, राम्दीपुल तर्ने बित्तिकै, गेटमा बेली जाई, कालो केशमा रातो रिबन, पसिनाले पैसा साटेर, माया पैँचो नदेऊ साइँली, लाइछौ बेसन, नमुछे आमा दहीमा टीका, हाँसेर बोलीदेऊ माया, सान्नानीले झुक्कायो मलाई लगायत प्रस्तुत गरे ।

    सम्बन्धित
    Home TV Menu Trend Recent

    ताजा समाचार

    धेरै पढिएको

    Play