देशभर ५०० वटा चार्जिङ स्टेसन बनाउने सरकारको तयारी
देशभर ५०० वटा चार्जिङ स्टेसन बनाउने सरकारको तयारी

स्टुडियाे डेस्क

  • १६ भाद्र २०८०, शनिबार प्रकाशित
  • सरकारले देशभर ५०० वडा चार्जिङ स्टेसन निर्माण गर्ने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले चार्जिङ स्टेसन निर्माणलाई अभियानको रुपमा अघि बढाएर देशभर उक्त संख्यामा चार्जिङ स्टेसन बनाउने तयारी भइरहेको जानकारी दिएका हुन् ।

    विद्युतीय सवारी तथा सामग्रीका बारेमा जानकारी गराउने उद्देश्यले शुब्रबारदेखि काठमाडौंमा सुरु भएको ‘नेपाल ईभी तथा नेपाल पावर लाइट एउण्ड इलेक्ट्रोनिक प्रदर्शनी’ मेला उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । मुलुक क्रमशः ऊर्जामा आत्मनिर्भर हुँदै गएकाले विद्युतीय सवारीसाधन र उपकरणको प्रयोगलाई बढावा दिने उद्देश्यका साथ सरकारले आफ्ना नीति तथा कार्यक्रम अगाडि बढाएको उनको भनाइ छ ।

    देशभर पाँच सय वटा चार्जिङ स्टेशन निर्माण गर्ने तयारी गरी विद्युतीय सवारीसाधनलाई थप प्रवर्द्धन गर्दै लगिने नीति लिएको उनले बताए । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका ५० वटा चार्जिङ स्टेशन एकाधबाहेक अधिकांश सञ्चालनमा आइसकेका छन् । सरकार दीर्घकालीन सोचका साथ ऊर्जा क्षेत्रको विकासका लागि प्रयत्नशील रहेको उनको दाबी छ ।

    ऊर्जा क्षेत्रको समयानुकूल विकासका लागि सरकारले हालैमात्र नयाँ विद्युत विधेयक तयार गरेको र संघीय संसद्‍मा पेस हुने चरणमा रहेको उनले बताए ।

    सम्बन्धित
    Home TV Menu Trend Recent

    ताजा समाचार

    धेरै पढिएको

    Play