नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित
नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित

स्टुडियाे डेस्क

  • १५ भाद्र २०८०, शुक्रबार प्रकाशित
  • एसिया कपमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

    पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ ओभर ४ बलमा १ सय ४ रनमा अल आउट भयो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए । यस्तै आरिफ शेखले २६ र गुलशन झाले १३ रन बनाए । बलिङतर्फ पाकिस्तानका शादब खानले ४ तथा शाहीन अफ्रिदी र हरिस रौफले २/२ विकेट लिए ।

    यसअघि मुल्तान क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ४२ रन बनायाे । पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तिखरले शतक बनाए । बाबरले १ सय ५१ रन र इफ्तिकर अहमदले नटआउट १ सय ९ रन बनाए । यस्तै माेहम्मद रिजवान ४४ रनमा आउट भए । बलिङतर्फ नेपालका साेमपाल कामीले २ विकेट लिए । यस्तै करण केसी र सन्दीप लामिछानेले १/१ विकेट लिए ।

    अब नेपालले आउँदो सोमवार भारतसँग श्रीलङ्कामा खेल्नेछ ।

    सम्बन्धित
    Home TV Menu Trend Recent

    ताजा समाचार

    धेरै पढिएको

    Play