ब्राइटनलाई ३–१ गोलले हराउँदै वेस्टह्याम प्रिमियर लिगको शीर्षस्थानमा
ब्राइटनलाई ३–१ गोलले हराउँदै वेस्टह्याम प्रिमियर लिगको शीर्षस्थानमा

स्टुडियाे डेस्क

  • ११ भाद्र २०८०, सोमबार प्रकाशित
  • ब्राइटनलाई ३–१ गोलले हराउँदै वेस्टह्याम प्रिमियर लिगको शीर्षस्थानमा

    वेस्टह्याम इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा वेस्टह्यामले ब्राइटनलाई ३–१ गोलले हरायो ।

    जितसँगै वेस्टह्यामको ३ खेलमा ७ अङ्क भएको छ । समान ७ अङ्क नै रहेको टोटनह्याम दोस्रो र आर्सनल तेस्रो स्थानमा रहेका छन् ।

    हिजो भएको खेलमा टोटनह्यामले बर्नमाउथलाई २–० गोलले तथा म्यानचेस्टर युनाइटेडले नटिङ्घम फरेस्टलाई ३–२ गोलले हरायो । ब्रेन्टफोर्ड र क्रिस्टल प्यालेसले एक/एक तथा आर्सनल र फुलह्यामले २/२ गोलको बराबरी खेले । अर्को खेलमा एभर्टन उल्भ्ससँग १–० गोलले पराजित भएको छ ।

    सम्बन्धित
    Home TV Menu Trend Recent

    ताजा समाचार

    धेरै पढिएको

    Play