बार्सा र भिल्ला रियलको खेलमा ७ गोल : बार्सिलोना विजयी
बार्सा र भिल्ला रियलको खेलमा ७ गोल : बार्सिलोना विजयी

स्टुडियाे डेस्क

  • १४ भाद्र २०८०, बिहीबार प्रकाशित
  • स्पेनिस लिगमा बार्सिलोना र भिल्लारियलबीचको खेलमा ७ गोल भएको छ ।

    रियलको मैदानमा बार्सिलोना ४–३ गोलले विजयी भयो । बार्सिलोनाका जिताउन अन्तिम गोल रोबर्ट लेवान्डोस्कीले गरे । त्यसको तीन मिनेट अघि फेरान टोरेसले बराबरी गोल फर्काएका थिए ।

    घरेलु टोलीका लागि जुआन फोयथ, अलेक्जेन्डर सोरलोथ र एलेक्स बेनले गोल गरेका थिए । खेलको सुरुआतमै बार्सिलोनाले जाभी र फ्रेन्क डि जोङको गोलमा अग्रता बनाएको थियो । बार्सिलोनाले स्पेनिस लिगको सुरुआती तीन खेलबाट ७ अङ्क जोडेको छ । शीर्ष स्थानको रियल मड्रिड भन्दा बार्सा दुई अङ्कले पछि छ ।

    सम्बन्धित
    Home TV Menu Trend Recent

    ताजा समाचार

    धेरै पढिएको

    Play