२२ औँ आहा रारा पोखरा गोल्ड कपबाट ३ लाख रुपैयाँ बचत
२२ औँ आहा रारा पोखरा गोल्ड कपबाट ३ लाख रुपैयाँ बचत

स्टुडियाे डेस्क

  • १३ भाद्र २०८०, बुधबार प्रकाशित
  • सहारा क्लब पोखराले आयोजना गरेको २२ औँ संस्करणको आहा रारा पोखरा गोल्ड कपबाट तीन लाख रुपैयाँ बचत भएको छ । सहारा क्लबको आयोजनामा गएकाे पुस १४ देखि २३ गतेसम्म भएको गोल्ड कपबाट तीन लाख १८ हजार रुपैयाँ बचत भएको मङ्गलवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

    गोल्ड कपमा ९४ लाख ६५ हजार छ सय २६ रुपैयाँ आन्दानी हुँदा ९१ लाख ४६ हजार नाै सय ६९ रुपैयाँ खर्च भएको प्रतियोगिताका अर्थ सङ्कलन उपसमितिका संयोजक सुनील गुरुङले जानकारी दिनुभयाे । प्रतियोगतामा प्रायोजनबाट ६४ लाख ५८ हजार, प्रवेश टिकटबाट १७ लाख ८६ हजार रुपैयाँ आम्दानी भएको गुरुङले बताउनुभयाे ।

    बचत रकम सहारा क्लबले पोखराको दोविल्लामा सञ्चालन गर्दै आएको सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीमा खर्च गरिने अध्यक्ष गुरुङकाे भनाइ छ । कठिन परिस्थितिमा रहेका र अनाथ गरी ११ जना बालबालिकाकाे शिक्षा, लालनपालन क्लबले गर्दै आएको छ ।

    गोल्ड कपको मुख्य प्रायोजक हिमश्री फुड्सले २२ लाख २५ हजार रुपैयाँ सहयोग गरेको थियो । सहारा क्लबका अध्यक्ष हरिराज गुरुङले आउँदा वर्षहरूमा प्रतियोगिताका लागि अझ स्तरीय टिम ल्याउने बताउनुभयाे ।

    २२ औँ संस्करणकाे प्रतियाेगितामा १० टिम सहभागी भएकोमा सङ्कट क्लब विजेता भएको थियो भुटनिज क्लब उपविजेता बनेको थियो ।

    सम्बन्धित
    Home TV Menu Trend Recent

    ताजा समाचार

    धेरै पढिएको

    Play