बहराइनसँगकाे खेलमा नेपाल १७ बलमै विजयी
बहराइनसँगकाे खेलमा नेपाल १७ बलमै विजयी

स्टुडियाे डेस्क

  • १६ भाद्र २०८०, शनिबार प्रकाशित
  • आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहरानलाई १० विकेटले हराएकाे छ ।

    मलेसियाकाे क्वालालम्पुरमा बहराइनले दिएकाे ३२ रनकाे झिनाे लक्ष्य नेपालले कुनै पनि विकेट नगुमाई २ ओभर ५ बलमै पूरा गर्‍याे । नेपालका लागि कविता कुँवरले १७ र सीता राना मगरले २ रन बनाइन् । बहराइनले १३ अतिरिक्त रन दियाे ।

    यसअघि टस जितेर पहिला ब्याटिङ राेजेकाे बहराइन १५ ओभर ४ बलमा ३१ रनमै अलआउट भयाे । बहराइनका लागि रसन्गिका हेरथले सर्वाधिक ११ रन बनाइन् । बलिङतर्फ नेपालका इन्दु बर्माले ३, खुशी डङ्गाेलले २ तथा कविता कुँवर, पूजा महताे र रुबिना क्षेत्रीले १/१ विकेट लिइन् । बहराइनका दुई जना खेलाडी रन आउट भए ।

    लगातार दाेस्राे जितसँगै नेपालले सेमिफाइनल सम्भावना बलियाे बनाएकाे छ । हिजाे बिहीवार भएकाे पहिलाे खेलमा नेपालले मलेसियालाई ५ रनले हराएकाे थियाे ।

    सम्बन्धित
    Home TV Menu Trend Recent

    ताजा समाचार

    धेरै पढिएको

    Play