सिम्रिक एयरका अध्यक्ष रामेश्वर थापालाई १० हजार जरिवाना तिराउने निर्णय
सिम्रिक एयरका अध्यक्ष रामेश्वर थापालाई १० हजार जरिवाना तिराउने निर्णय

स्टुडियाे डेस्क

  • १२ भाद्र २०८०, मंगलवार प्रकाशित
  • सिम्रिक एयरका अध्यक्ष रामेश्वर थापालाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जरिवाना तिराउने निर्णय गरेको छ । प्राधिकरणको काममा बाधा पुर्‍याएको तथा स्पष्टीकरण पत्रको समेत अवज्ञा गरेको भन्दै प्राधिकरणले १० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको हो ।

    दुर्गम भेगमा प्रतिकुल मौसमको कारणले हुने हवाई दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्राधिकरणले असार २७ गते र साउन १४ गते लागू गरेको विभिन्न सुरक्षा निर्देशनहरूको विरुद्धमा गलत प्रचार गरेको दाबी गर्दै प्राधिकरणले स्पष्टीकरण सोधेको थियो ।

    तर, ७ दिने स्पष्टीकरण समेत समयावधिभित्र पेश नगरेर आदेश तथा निर्देशनको अवज्ञा गरेको प्राधिकरणको ठहर छ ।

    सम्बन्धित
    Home TV Menu Trend Recent

    ताजा समाचार

    धेरै पढिएको

    Play