अस्ट्रेलियाकाे ‘बिग बाश लिग’ (बीबीएल) को ड्राफ्टमा नेपालका पाँच जना खेलाडी परेका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरू सन्दीप लामिछाने, आसिफ शेख, आरिफ शेख, अर्जुन साउद र देव खनाल ड्राफ्टमा परेका हुन् । सन्दीपले यसअघि नै बीबीएल खेलिसकेका छन् भने आसिफ, आरिफ अर्जुन र देव पहिलो पटक कुनै पनि विदेशी लिगको ड्राफ्टमा अटाएका हुन् । अब उनीहरू अनुबन्ध हुने/नहुने अक्सनबाट टुङ्गो लाग्नेछ ।
यस संस्करणको बीबीएल डिसेम्बर ७ तारिखदेखि शुरु हुँदैछ ।