सुनको मूल्य स्थिर, चाँदीको सामान्य घट्यो
सुनको मूल्य स्थिर, चाँदीको सामान्य घट्यो

स्टुडियाे डेस्क

  • ११ भाद्र २०८०, सोमबार प्रकाशित
  • सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय कायम भएको छ ।

    पछिल्लो चार दिनदेखि सुनको मूल्य स्थिर रहँदै आएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य स्थिर रही प्रतितोला एक लाख १० हजार पाँच सय ५० रुपैयाँ कायम छ ।

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार चार सय ६० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

    सम्बन्धित
    Home TV Menu Trend Recent

    ताजा समाचार

    धेरै पढिएको

    Play