शेयर बजार पाँच अङ्कले बढ्यो, कारोबार रकम तीन महिनायताकै कम
शेयर बजार पाँच अङ्कले बढ्यो, कारोबार रकम तीन महिनायताकै कम

स्टुडियाे डेस्क

  • ११ भाद्र २०८०, सोमबार प्रकाशित
  • शेयर बजार आज साेमवार सामान्य बढेको छ । हिजो आइतवार २० अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव शून्य नाै अङ्कले बढेर एक हजार नाै सय ९८ दशमलव ४८ विन्दुमा पुगेको छ ।

    आज जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स र अन्य समूहको शेयर सामान्य घटेको छ भने अरू समूहको शेयर सामान्य बढेको छ । आज सबैभन्दा धेरै कुथेली बुखारी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशत तथा लक्ष्मी सनराइज बैंक र सिटी होटलको शेयर साढे चार प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्तको शेयर झन्डै साढे चार प्रतिशतले घटेको छ ।

    आज कारोबार रकम तीन महिनायताकै कम भएको छ । गएको जेठ ११ गते यता आज पहिलो पटक शेयर बजारको कारोबार एक अर्ब रुपैयाँभन्दा कममा सीमित भएको हो । ३६ लाख ७० हजार कित्ता शेयर ९८ करोड ८६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंकको सात करोड ३१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    सम्बन्धित
    Home TV Menu Trend Recent

    ताजा समाचार

    धेरै पढिएको

    Play