गायक धर्मेन्द्र सेवानको ‘एउटा यात्रा’ सार्वजनिक

  • ११ भाद्र २०८०, सोमबार प्रकाशित

  • स्टुडियाे डेस्क

  • गायक धर्मेन्द्र सेवानको आवजमा ‘एउटा यात्रा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा धर्मेन्द्रकै शब्द तथा सङ्गीत रहेको छ ।

    गायक राज के गोस्वामीको कन्सेप्ट तथा अभिनय रहेको भिडियोमा जीवन प्रति आशावादी हुँदै जिउनु नै जीवन हो भन्ने भाव व्यक्त भएको छ।

    ‘नेपाल तारा’बाट चर्चामा आएका गायक सेवान नेपाली सङ्गीत क्षेत्रका प्रतिभावान् गायकका रूपमा परिचित हुन्। सेवान र गोस्वामीले अस्ट्रेलियाका विभिन्न सहरहरूमा विभिन्न साङ्गीतिक कार्यक्रम सँगै केही गीतहरूको सिर्जनामा सहकार्य गर्दे आइरहेका छन् र यो गीत पनि त्यही सहकार्यको निरन्तरता हो। यो गीतको भिडियोलाई सुरज श्रेष्ठ छायाङ्कन, सम्पादन तथा निर्देशन सुरज श्रेष्ठले गरेका हुन् ।

    Home TV Menu Trend Recent

    ताजा समाचार

    धेरै पढिएको

    Play