प्रताप दास र वैकुण्ठको चोखो मायामा यसराज र सत्या
प्रताप दास र वैकुण्ठको चोखो मायामा यसराज र सत्या

स्टुडियाे डेस्क

  • ११ भाद्र २०८०, सोमबार प्रकाशित
  • गीतकार वैकुण्ठ प्रसाद उपाध्यायको नयाँ गीत ‘मैले दिएको चोखो माया’ को भिडियो बजारमा आएको छ । गायक प्रताप दासको स्वर रहेको गीतमा कुमार थापामगरको सङ्गीत तथा सङ्गीत संयोजन छ ।

    आधुनिक शैलीमा तयार यो गीतको भिडियो निकै आकर्षक बनेको छ । भिडियोमा अभिनेता यसराज गराच, मोडल सत्या गिरी, सन्तोष पन्त, अनिशा थापामगर र वैकुण्ठ प्रसाद उपाध्याय अभिनय छ ।

    भिडियो सांस्कृतिक संस्थापनका पूर्व महाप्रबन्धक राजेश थापाले निर्देशन गरेका हुन् । गीतमा यसराज र सत्याको प्रेम वियोगको कथा प्रस्तुत गरिएको छ ।

    नरेश आयरले खिचेको यो गीतको भिडियोमा तारा थापा किम्भेको सम्पादन छ । भिडियोलाई वैकुण्ठ फिल्म प्रोडक्सनले निर्माण गरेको हो ।

    सम्बन्धित
    Home TV Menu Trend Recent

    ताजा समाचार

    धेरै पढिएको

    Play