राजेशपायल राईको नयाँ गीतमा एलिशा र उत्तमको रोमान्स

  • १० भाद्र २०८०, आईतवार प्रकाशित

  • स्टुडियाे डेस्क

  • लोकप्रिय गायक राजेशपायल राईको नयाँ गीत ‘लेखेको भावी २’ सार्वजनिक भएको छ । विक्रम संगम राईको शब्द तथा संगीत रहेको गीतमा बिसम आचार्यको एरेन्ज रहेको छ ।

    गीतको भिडियोमा भने एलिशा राई र उत्तम राईको अभिनय छ । प्रेमकथा बुनिएको भिडियो सौरभ लामाले निर्देशन गरेका हुन् ।

    दीप सिकेको नृत्य, हिमाल श्रेष्ठको छायाङ्कन रहेको भिडियो सन्देश शाहले सम्पादन गरेका हुन् । भिडियो साँखु र भक्तपुरको आकर्षक स्थानमा खिचिएको हो । ‘लेखेको भावी मेटिँदैन’ बोलको गीतको सफलतापछि त्यसैको सिक्वेलको रूपमा यो गीत तयार पारिएको हो ।

    Home TV Menu Trend Recent

    ताजा समाचार

    धेरै पढिएको

    Play