महानगरविरुद्ध नारा : ‘शहर सबैका लागि कि धनीका लागि मात्रै ?’
महानगरविरुद्ध नारा : ‘शहर सबैका लागि कि धनीका लागि मात्रै ?’

सडक व्यापार गर्ने साना व्यवसायीहरूले महानगरपालिकाले आफूहरूलाई विस्थापित गर्न खाेजेकाे भन्दै आइतवार प्रदर्शन

स्टुडियाे डेस्क

  • ४ भाद्र २०८०, सोमबार प्रकाशित
  • काठमाण्डाै महानगरपालिकाले सडक व्यापारीलाई विस्थापन गर्न खोजेको भन्दै व्यवसायीहरूले आन्दोलन गरेका छन् । सडक व्यापार गर्ने साना व्यवसायीहरूले महानगरपालिकाले आफूहरूलाई विस्थापित गर्न खाेजेकाे भन्दै आज आइतवार काठमाण्डाैमा भेला भई प्रदर्शन गरेका हुन् ।

    महानगरले जबरजस्ती विस्थापन गर्न खोजेको भन्दै साइकल, ठेलागाडा, फुटपाथमा व्यवसाय गर्ने व्यवसायीहरूले आन्दाेलन गरेका हुन् । व्यवसायीहरूको आन्दोलनमा सहभागी कानुन व्यवसायी सुविन मुल्मीले महानगरले सडक व्यापारीहरूलाई गरिखान नदिएको दाबी गर्नुभयाे । उहाँले सडक व्यापारलाई कानुनले रोकेको अवस्था नरहेको बताउँदै महानगरले गैरकानुनी रूपमा व्यवसायीहरूको सामान खोसेर लिलाम गरी पैसा कमाउने काम गरेको आरोप लगाउनुभयो ।

    व्यवसायीहरूले ‘शहर सबैका लागि कि धनीका लागि मात्रै ?’, ‘गरी खान देउ’ लगायतका नारा लगाएर आन्दोलन गरेका छन् ।

    सम्बन्धित
    Home TV Menu Trend Recent

    ताजा समाचार

    धेरै पढिएको

    Play