स्पेनकी मिडफिल्टर अताना बाेनमाती फिफा महिला विश्वकप फुटबल २०२३ काे सर्वाेत्कृष्ट खेलाडी बनेकी छिन् ।
प्रतियाेगिताभर उत्कृष्ट प्रदर्शन गरेकी बाेनमातीले राउन्ड अफ १६ मा स्पेनले स्विट्जरल्यान्डलाई ५–१ गाेलकाे फराकिलाे अन्तरले हराउँदा २ गाेल गरेकी थिइन् । उनले प्रतियाेगिताभर ३ गाेलसहित २ असिस्ट गरिन् ।
यस्तै उत्कृष्ट गाेलकिपर बनेकी इङ्ग्ल्यान्डकी म्यारी एयरप्सले ‘गाेल्डेन ग्लाेभ’ अवार्ड जितिन् । आज भएकाे फाइनलमा उनले एउटा पेनाल्टी पनि राेकेकी थिइन् । प्रतियोगिताभर ३ खेलमा ‘क्लिन सिट’ राखेकी एयरप्सले ४ गाेल बेहोरिन् ।
यस्तै स्पेनकी साल्मा पारालुएलाे प्रतियाेगिताकाे उत्कृष्ट युवा खेलाडी बनिन् । १९ वर्षीया पारालुएलाेले क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई हराउँदा १ गाेल र सेमिफाइनलमा स्विडेनलाई हराउँदा १ गाेल गरेकी थिइन् ।
यस्तै फिफा महिला विश्वकप फुटबल २०२३ काे गाेल्डेन बुट अवार्ड जापानकी मिडफिल्डर हिनाता मियावाजाले जितेकी छिन् । प्रतियाेगिताभर सर्वाधिक ५ गाेल र १ असिस्ट गरेकी मियावाजाले गाेल्डेन बुट जितेकी हुन् ।
आज आइतवार स्टेडियम अस्ट्रेलियामा भएकाे फाइनलमा इङ्ग्ल्यान्डलाई १–० गाेलले हराउँदै स्पेनले फिफा महिला विश्वकपको उपाधि जितेको थियो ।